+
+

विदेशी पर्यटकको लेक लागेर मृत्यु

रासस रासस
२०७९ चैत ७ गते १४:५३

७ चैत, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए ।

खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?