+
+

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते ७:२६

८ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ ।

आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न लागेको हो ।

यही चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको छ । त्यसपछि अरु प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?