+
+

वनकालीमा नागचम्पाको बिरुवा रोपे राष्ट्रपति पौडेलले

रासस रासस
२०७९ चैत ८ गते ११:३६

८ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन् ।

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलबाट उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ ।

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?