+
+

काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्मबाट पूर्वमिस नेपाल निकिता चाण्डकको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १२:४४

काठमाडौं । दुई वर्षपछि पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा पुनरागमन गरेकी छन् । काठमाडौंमा छायांकन भइरहेको भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’को शीर्षमध्येको एक भूमिकामा उनलाई देख्न सकिन्छ । एक महिनादेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेको फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिया, ताइवान र मेक्सिकोका कलाकार समावेश छन् । मंगलबार यो फिल्मको छायांकन कोटेश्वरको जडिबुटी क्षेत्रमा भइरहेको थियो । फिल्ममा नेपालबाट निकितासहित ‘कबड्डी’ र ‘छक्कापञ्जा’ फेम्ड लुनिभा तुलाधर, प्रकाश घिमिरे लगायत छन् ।

पूर्वमिस नेपाल समेत रहेकी निकिताले यसअघि २०७७ सालमा विराज भट्टको फिल्म ‘साङ्लो’मार्फत अभिनयमा डेब्यु गरेकी थिइन् । क्राइम थ्रिलर जनरामा बनेको यो फिल्मको सुटिङ भारतपछि नेपालमा भइरहेको हो । नेपालमा शान्ता नेपाली प्रोडक्सनले लाइन-प्रोड्युसिङ गरिरहेको छ ।

आक्का फिल्म्स र हाउस अन फायर प्रोडक्सन ब्यानरको संयुक्त निर्माण रहेको यो फिल्म यस वर्ष नेपालमा छायांकन हुने दोस्रो ठूलो अन्तर्राष्ट्रिय फिल्म हो । यसैवर्ष बलिउडको ‘उचाइ’ समेत नेपालमा छायांकन भएको थियो । यो फिल्मका निर्देशक बोन्जोभको कुरा गर्दा उनी बुल्गेरियाली निर्देशक हुन् । उनको पहिलो फिचर फिल्म ‘एभी’ सन् २०११ मा कान्समा प्रिमियर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?