+
+

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १२:५९

८ चैत, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर साधारण निष्कासन गरेको थियो । उक्त सेयरमा कुल १३ लाख ५६ हजार ३४१ आवेदकले १ करोड ५० लाख ८८ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९९९ जनाको आवेदन रद्ध भएर १३ लाख ४८ हजार ३४२ आवेदन स्वीकृत भएको भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार आईपीओ बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गर्दा ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सोही ४ लाख २८ हजार ८९३ जनामध्ये ८ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड र प्रतिमेगावाट अनुमानित लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ रहेको छ । कम्पनीले आगामी २०८० भदौ २६ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?