+
+

१४ तस्वीरमा हेर्नुहोस् असनको खट जुधाउने जात्रा

आर्यन धिमाल आर्यन धिमाल
२०७९ चैत ८ गते १८:३४

८ चैत, काठमाडौं । काठमाडौंको व्यस्त बजार असनमा बुधबार बेग्लै रौनक थियो । अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका थिए । उनीहरु तीनवटा खट घुमाउँदै थिए ।

यो खट जुधाउने जात्रा हो । सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।

यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ । किनकी यो जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई भेट गराइन्छ । यो जात्रा असनमा हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?