+
+

भाडामा गर्लफ्रेण्ड र पत्नी ! चीनमा किन बढ्दैछ यो बिजनेस ?

एजेन्सी एजेन्सी
२०७९ चैत ९ गते ११:४४

तीव्र रुपमा घट्दो जनसंख्या वृद्धिदरले चीनलाई गम्भीर जनसांख्यिक खतरातर्फ लगेको छ । युवायुवतीहरूमा बिहे गर्ने रुचि घटिरहेको छ । फलतः विगतमा एउटा मात्रै बच्चा जन्माउनुपर्ने कानूनलाई कडा रुपमा लागू गरेको चीनले अहिले तीन वटा बच्चा जन्माउनका लागि अनुरोध गरिरहेको छ ।

चिनियाँ परिवारहरू आफ्ना सन्तानलाई बिहे गर्नका लागि दबाब दिइरहेका छन् । रोचक त के भने आफ्नै छोराछोरीका लागि अभिभावकले नै ‘ब्लाइन्ड डेट’ तय गरिदिन थालेका छन् ।

यी सबै घटनाक्रमका बीच चीनमा एउटा नयाँ व्यवसाय पनि तफव्र रुपमा फस्टाइरहेको छ । जसमा मानिसहरूले भाडामा गर्लफ्रेण्ड तथा पत्नीसमेत लिन पाउँछन् ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित रिपोर्ट अनुसार भाडामा गर्लफ्रेण्ड तथा पत्नी उपलब्ध गराउनका लागि विभिन्न वेबसाइटहरु सञ्चालनमा छन् । ती वेबसाइटमा इच्छुक मानिसहरुले आफ्नो नाम दर्ता गर्दछन् ।

आफूलाई पत्रकार बताउने नानजिंग नामका एक व्यक्तिले पनि यस्तै वेबसाइटमा आफ्नो नाम दर्ता गराएका छन् । त्यस्ता वेबसाइटमा केवल गर्लफ्रेण्डमात्र होइन ब्वाइफ्रेण्ड पनि भाडामा लिन सकिन्छ ।

चिनियाँ सोसल मिडिया प्लाटर्फम विच्याटमा नानजिंगसँग एक युवतीले सम्पर्क गरिन् । मुमु नामकी ती युवतीले आफू २९ वर्षकी रहेको र विश्वविद्यालयबाट स्नातक उत्तीर्ण रहेको जानकारी गराइन् ।

साथै उनले भाडामा गर्लफेण्ड बन्नका लागि आफ्नो शुल्क एक हजार युआन अर्थात् करिब १८ हजार रुपैयाँ रहेको बताइन् । साथै कुराकानी गर्नका लागि अतिरिक्त ५ सय युआन र यात्रा गर्नका लागि थप साढे ३ सय युआन पनि उनले लिने गर्दछिन् ।

आफूले कुनै अफिसमा काम गर्ने र मासिक पाँच हजार युआन आम्दानी गर्ने बताउने मुमुले खाली समय वा बिदाको दिनमा भाडाको गर्लफ्रेण्ड बन्ने काम गर्दछिन् ।

नक्कली पत्नी समेत बनाउँदै

मुमुका अनुसार उनले यस्ता पुरुषहरू पनि भेटेकी छिन् जसले उनलाई नक्कली पत्नी बनाएर आफ्ना अभिभावकहरुसँग भेटाउँछन् । त्यसो गर्दा ती पुरुषहरू बिहे गर्ने दबाबबाट बँच्दछन् । कतिपयले त नक्कली बेहुली बनाएर बिहेको विशेष कार्यक्रम र पार्टी नै आयोजना गर्दछन् ताकि बिहे गरेको प्रमाणपत्र प्राप्त गर्न सकियोस् ।

उनका अनुसार कतिपय ग्राहकहरु भने समलिंगी पुरुष हुने गरेका छन् । त्यस्तो बेलामा मोटो रकम कमाउने मौका मिल्ने पनि मुमु बताउँछिन् । हाल आफ्नो प्रेमी नभएकाले भाडाको प्रेमिका बन्ने काम गरिरहेको भन्दै मुमुले आफ्नै ब्वाइफ्रेण्ड बनेपछि यस्तो काम गर्न छाड्ने बताएकी छिन् ।

बिहेबाट बँच्ने तरिका

वास्तवमा चिनियाँ युवाहरुमा बिहेप्रतिको इच्छा कम हुँदै गएको छ । उनीहरु धेरै जिम्मेवारी बहन गर्न चाहँदैनन् । तर, बिहेदरलाई बढाउनका लागि चीन सरकारले विभिन्न खालका प्रयास गरिरहेको छ । त्यसका लागि विवाह गर्ने जोडीलाई वैवाहिक बिदा दिने नियम सुरु गरिएको छ । तर युवाहरू यसबाट उत्प्रेरित हुन सकेका छैनन् र बिहेबाट भाग्ने चलन बढेको छ । उमेर पुगेसँगै जब अभिभावकहरुले बिहेका लागि दबाब दिन थाल्छन् तब युवाहरु भाडामा नक्कली पत्नी लिएर घर जान्छन् र बुवाआमालाई भेटाउँछन् । साथै आफूले साँच्चिकै बिहे गरेको विश्वास दिलाउनका लागि विवाहको प्रमाणपत्र पनि पेस गर्दछन् ।

एजेन्सीको सहयोगमा

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?