+
+

क्यामरुन डियाजले अभिनयबाट सन्यास लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १४:२३

काठमाडौं । हलिउड अभिनेत्री क्यामरुन डियाजले अभिनय करिअरलाई लिएर गरेको फैसलाले तरंग सिर्जना गरेको छ । उनको यो निर्णयबाट कतिपय स्तब्ध छन् तर यो सत्य खबर हो । अहिले काम गरिरहेको नेटफ्लिक्स फिल्मपछि डियाजले काम नगर्ने बताएकी छन् ।

अभिनयबाट सन्यास लिने कारणबारे उनले खुलाएकी छैनन् । यद्यपि व्यस्तताले परिवारलाई समय दिन नसकेको बताइन्छ । कुनै समय पोर्न फिल्म उद्योगमा काम गरेकी डियाज त्यसपछि फिल्ममा आएकी थिइन् । रिपोर्ट अनुसार क्यामरुन अहिले फिल्म ‘ब्याक इन एक्सन’को सुटिङमा व्यस्त छिन् । यसको सुटिङ लण्डनमा भइरहेको छ ।

खबरअनुसार यो प्रोजेक्ट सकिएपछि डियाजले अभिनयबाट टाढिने सोच लिएकी छन् । काम गर्दा छायांकन सेटमा लामो समय बिताउनुपर्दा पति बेंजी मेडन र छोरी रेडिक्सबाट टाढिंदा दुःख महसुस गर्नुपरेको उनले बताउँदै आएकी छिन् । लगातार १०-१० घण्टा काम गर्नुपर्ने हुँदा छोरीलाई समय दिन नसकेको उनले बताइन् ।

आमाको भूमिकालाई करिअरभन्दा माथि हेर्ने र यसलाई सबैभन्दा महत्वपूर्ण ठान्ने गरेको उनले केही सञ्चारमाध्यमलाई बताएकी छन् । त्यसैले उनी परिवारसँग बढीभन्दा बढी समय बिताउन चाहन्छिन् । उनका एक नजिकका साथीले सेटमा हुने गरेका नाटक र अन्य कुराले डियाजले दिग्दार मान्ने गरेको बताएका छन् ।

‘उनले उद्योगलाई धेरै समय दिएकी छिन् र आफूलाई प्रमाणित गरिसकेकी छिन् । अब उनीसँग प्रमाणित गर्न केही छैन । जब उनका नजिकका साथी जेमी फक्सलाई यसबारे सोधियो, उनी पनि यो कुरा सुनेर निकै छक्क परे,’ ती साथीले भने । यसअघि पनि क्यामरुनले उद्योगबाट बिदा लिइसकेकी थिइन् । जब जेमी फक्सले उनलाई आफ्नो निर्णयको बारेमा विश्वस्त पार्ने प्रयास गरे, उनी सन् २०१८ मा पुनः फिल्ममा फर्किइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?