
९ चैत, काठमाडौं । अमेरिकी ग्लेजर्स परिवारको स्वमित्वमा रहेको म्यानचेस्टर युनाइटेड किन्न दुई धनाढ्यले इच्छा देखाएका छन् ।
क्लब खरीदका लागि ५ विलियन पाउन्ड बराबरको रकम प्रस्ताव गरिएको सञ्चार माध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । यो प्रस्ताव कुनै स्पोर्टस् क्लब खरिदका लागि आएको सबैभन्दा महंगो प्रस्ताव हो । शेख जसिम र सर जिम रेटक्लिफले क्लब खरिद गर्ने इच्छा राखेका हुन् ।
यो मूल्य ग्लेजर्सले निर्धारण गरेको मूल्य भन्दा ६ विलियन कम हो । क्लब किन्ने प्रस्ताव गरेका दुई कम्पनी एकलौटी रुपमा क्लबको स्वामित्व लिन चाहन्छन् तर ग्लेजर्सले पनि क्लब छाड्न चाहेको छैन ।
पछिल्लो समय ग्लेजर्स परिवारविरुद्ध मैदानमा धेरै नाराबाजीहरु भइ रहेका छन् । कतिपटक त मैदानमा गरिएको विरोधले खेल नै समेत प्रभावित भएको छ ।
आएका मालिकमध्ये जिम रेक्टक्लिफले क्लबमा हुने नोक्सानीको भरपाई गर्न मानेका छैनन् । तर शेख जासिम भने यो कुरामा केही लचक छन् । बिक्रीमा ग्लेजर्सले यस्तो शर्त राखेको छ कि जसमा क्लबको मैदान ओल्ड ट्राफोर्ड, क्लबको क्यारिङटन प्रशिक्षण र क्लबको ठूलो खर्चहरु जोडिएको छैन ।
अन्य खर्चहरुको छुट्टै लामो तालिका बन्न सक्नेछ । यी सबैकुरा जोड्दा अहिलेलाई क्लबको मालिक जो भए पनि अझै ग्लेजर्ससँगै मिलेर काम गर्न बाध्य हुनुपर्ने अवस्था छन् । यस्तो अवस्थामा अब आएका मालिकहरुले ग्लेजर्सको आदेश मान्दै आफ्नो विचार राख्नुपर्ने हुन सक्छ । यो अनेक सर्तहरुको साथमा क्लब खरिदको प्रस्ताव गर्ने मालिकहरुलाई जवाफका लागि सात दिन समय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4