+
+

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १८:०३

काठमाडौं । गुनीत मोंगाको डकुमेन्ट्री ‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार अवार्ड जितेदेखि नै चर्चाको विषय बनेको छ । यो फिल्मले ओस्कार जितेपछि यसमा चित्रण गरिएको जोडीको बारेमा पनि दर्शकको चासो बढेको छ । यो डकुमेन्ट्री तमिलनाडुका बासिन्दा बोमन र बेलीको जीवनमा आधारित छ, जो हात्तीको बीचमा बस्छन् र उनीहरूको हेरचाह गर्छन् ।

बोम्यान र बेली साँच्चै ‘द एलिफन्ट व्हिस्परर्स’का स्टार हुन् । हालै निर्देशक कार्तिकी गोन्साल्विसले बोमन र बेलीलाई भेटिन् र उनीहरूलाई ‘द एलिफन्ट व्हिस्परर्स’का लागि पाएको ओस्कार ट्रफी देखाइन् । ओस्कार अवार्ड हेरेपछि उनीहरुको खुसीको सीमा रहेन । उनीहरुको मुस्कानलाई कार्तिकीले क्यामेरामा कैद गरेकी थिइन् । त्यो क्षण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

निर्देशक कार्तिकीले इन्स्टाग्राम अकाउन्टमा बोमन र बेलीको हातमा ओस्कारसहितको तस्वीर सेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ । फ्यानदेखि सेलिब्रिटीसम्मले बोमन र बेलीलाई मायाको वर्षा गरिरहेका छन् । अर्कोतर्फ, फ्यानले बोमन र बेली चम्कन योग्य रहेको भन्दै अवार्डको हकदार भएको बताइरहेका छन् ।

बोमन र बेलीको तस्वीर सेयर गर्दै कार्तिकीले इन्स्टाग्राममा लेखेकी छन्, ‘हामी चार महिनादेखि टाढा थियौं, अब घर आएजस्तो लाग्छ ।’ विशाल ददलानीदेखि इशा गुप्ता र मिनी माथुरले यो तस्वीरमा कमेन्ट गरेका छन् । विशाल ददलानी लेख्छन्, ‘यो मेरो मनपर्ने ओस्कार तस्वीर हो ।’ एक फ्यानले लेखेका छन्, ‘कति लामो समयदेखि यो क्षणको पर्खाइमा थिएँ ।’

‘द एलिफन्ट व्हिस्पर्स’ ८ डिसेम्बरमा रिलिज भएको थियो । यसलाई अब नेटफ्लिक्समा पनि हेर्न सकिन्छ । यो डकुमेन्ट्रीमा बोमन र बेलीले कसरी अनाथ र बोल्न नसक्ने जनावर हात्तीलाई बचाउन आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन् भन्ने देखाइएको छ । यस डकुमेन्ट्रीमा बोमन र बेलीमार्फत हात्तीको हेरचाह गर्ने र उनीहरूसँग बस्नेहरूको जीवनलाई नजिकबाट देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?