
९ चैत, काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले रिङरोड सडकको सुधारको काम अघि बढाएको छ । विभागले रिङरोड क्षेत्र अन्तर्गत कलंकी–बल्खु सडकखण्डमा सडक सुधारको काम अघि बढाएको हो ।
सडक सुधारको क्रममा कलंकीदेखि बल्खुसम्म पर्ने सर्भिस लेनको बायाँतर्फको भाग उप्काइएको छ । सो क्षेत्रको सडकको बेसलाइन नै फेल भएकाले कालोपत्रे उप्काइएको विभागका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए ।
कलंकी–बल्खु सडकखण्ड अन्तर्गत झण्डै एक किलोमिटर सडकको बेसलेयर नै फेल भएको पाइएकाले पुरानो संरचना उप्काएर नयाँ कालोपत्रे गरिने उनी बताउँछन् । ‘बेस लेयरको विभागी टेस्ट गर्दा बेस नै फेल भएको पायौं, जसका कारण पुरानो सबै संचरना उप्काएर नयाँ कालोपत्रे गर्नुपर्ने भएको छ’ उनले भने ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4