+
+

विराट गोल्डकप : आयोजक सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ९:००

१० चैत, विराटनगर । नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टिम विराटनगर सिटीले सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

शहीद रंगशालामा बिहीबार राति भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा विराटनगरका आशिषले निर्णायक गोल गरेका थिए ।

दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । उनी सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबावमा राखेको थियो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।

आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?