+
+

फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १७:३१

काठमाडौं । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोती बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राजबहादुर सानेको कथा छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा फिल्म खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?