+
+

प्याट्रियोट्स कप क्रिकेटको उपाधि गोल्डेन गेटलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १८:११

११ चैत, काठमाडौं । गोल्डेनगेट कलेजले दोस्रो प्याट्रियोट्स कप अन्तर कलेज टी-२० क्रिकेटको उपाधि जितेको छ ।

शनिबार मूलपानी मैदानमा भएको फाइनलमा ब्लुबर्ड कलेजलाई २७ रनले पराजित गर्दै गोल्डेनगेट च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । गोल्डेनगेटका आशुतोष घिरइयाले सर्वाधिक ६६ रन बनाए । बलिङमा ब्लुबर्डका मेहुल श्रेष्ठ र कुशल रुपाखेतीले समान २ विकेट लिए ।

१४९ रनको लक्ष्य पछ्याएको ब्लुबर्डले १८.५ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो । ब्लुबर्डका दीपक प्रसाद डुम्रेले सर्वाधिक ३२ रन बनाए ।

गोल्डेनगेटका रवि शाहले ४ ओभरमा १६ रन र आशुतोषले ४ ओभरमा २५ रन खर्चेर २-२ विकेट लिए । आशुतोष फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए ।
च्याम्पियन गोल्डेनगेट कलेजले उपाधिहसित नगद १ लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता ब्लुबर्डले ५० हजार रुपैयाँ पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी गोल्डेटका आशुतोष घोषित भए । उनले नगद २५ हजार र ट्रफी प्राप्त गरे । गोल्डेन गेटकै रवि शाह उत्कृष्ट बलर र ब्लुबर्डका दीपकप्रसाद डुम्रे उत्कृष्ट ब्याटर घोषित भए । दुवैले समान १५ हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?