+
+

विवेक ओझाको दोस्रो उपन्यास ‘ऐँठन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ७:२३

१२ चैत, काठमाडौं । विवेक ओझाको दोस्रो उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक केशव दाहाल र माओवादी केनद्रकी केन्द्रीय सदस्य रेणु चन्दले ‘ऐँठन’ सार्वजनिक गरेका हुन्।

यसअघि ‘ऐलानी’ उपन्यास लेखेका ओझाले यसपटक माओवादी जनयुद्धलाई आधार बनाएर ‘ऐँठन’ बजारमा ल्याएका हुन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको उत्कृष्ट शैलीले पाठकलाई तान्ने बताइन् ।

तर, लेखकले सिर्जनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी आन्दोलनप्रति निर्मम भएकोमा भने उनले असन्तुष्टि व्यक्त गरिन्। कुनै एक/दुई पात्रलाई आधार मानेर समग्र आन्दोलनको मूल्यांकन गर्न नहुने उनको तर्क छ ।

कार्यक्रममा अर्का वक्ता लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताउँदै पुस्तकले गम्भीर पाठकलाई पुस्तकको प्रभाव सपनासम्म हुने उल्लेख गरे।

पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको उनको भनाइ छ ।

दाहालले युद्धमाथि लेखिएको भए पनि पुस्तकले प्रस्तुत गरेको मानवीय पक्षधरताले पुस्तकलाई सशक्त बनाएको बताए।

पुस्तकका बारे बोल्दै सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरि लेखक ओझाले सजीव चित्रण गरेका बताए।

लेखक उपन्यासकार ओझाले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको बताउँदै पाठकले मनपराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?