+
+

मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ८:२५

१२ चैत, काठमाडौं । गत डिसेम्बरमा कतारमा भएको विश्वकपमा सनसनी प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको मोरक्कोले मैत्रीपूर्ण खेलमा ब्राजिललाई पराजित गरेको छ ।

घरेलु मैदान ग्रान्ड स्टेड डी टान्जरमा भएको खेलमा गर्दै मोरक्कोले ब्रनजिललाई २-१ ले हराएको हो ।

खेलको २९औं मिनेटमा सोफिएन बाउफलले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा  ब्राजिलका कप्तान कासेमिरोले गोल गर्दै खेल बरारबीमा ल्याए । तर ७९औं मिनेटमा अब्देलअमिद साबिरीले गोल गर्दै मोरक्कोलाई जिताए ।

नेमार, मार्क्विन्होस्, रिचार्लिसन जस्ता खेलाडी चोटका कारण नहुँदा ब्राजिलका अन्तरिम प्रशिक्षक रामोन मेनेजले युवा खेलाडीहरुलाई अवसर दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?