+
+

फेसबुक संस्थापक जुकरबर्गलाई पुत्री लाभ

एजेन्सी एजेन्सी
२०७९ चैत १२ गते ९:४०

फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो पटक पिता बनेका छन् । जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो बच्चाको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

जुकरबर्गले सोसल मिडिया प्लाटर्फम फेसबुक तथाा इन्स्टाग्राममा पुत्री लाभको जानकारी दिएका छन् । नवजात छोरीको तस्वीर शेयर गर्दै उनले ईश्वरको आशीर्वाद प्राप्त भएको भन्दै छोरीलाई स्वागत गरेका छन् ।

जुकरबर्गले इन्स्टाग्राममा नवजात छोरी अरेलिया चान जुकरबर्गसहितको तस्वीर राखेका छन् । जसका उनले लेखेका छन्- संसारमा तिमीलाई स्वागत छ । अरेलिया चान जुकरबर्ग ! तिमी ईश्वरको आशीर्वाद हौ ।

स्मरण रहोस् जुकरबर्ग दम्पत्तिका यसअघि ७ वर्षीया छोरी मेक्सिमा र पाँच वर्षका छोरा अगस्त छन् ।

जुकरबर्ग र उनकी पत्नी चानको प्रेम कहानी सन् २००३ मा सुरु भएको थियो । उनीहरु दुवैजनाको पहिलो चिनाजानी हार्वर्ड विश्वविद्यालयको पार्टीमा बाथरुमका लागि लाइन लागेको बेला भएको थियो । त्यसपछि उनीहरुले सन् २०१० मा फेसबुकमार्फत् आफूहरू प्रेम सम्बन्धमा रहेको घोषणा गरे र सन् २०१२ मा बिहे गरे ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?