+
+

सांसद निशा डाँगीको प्रश्न : प्रतिनिधिसभा नियमावली कति दिनभित्र पास हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १६:०१

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली बन्नमा समय लागेको भन्दै सिंगो सदनको ध्यानाकर्षण गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ?’

गत मंसिर ४ गते सम्पन्न आम चुनावबाट चुनिएर आएका प्रतिनिधिसभा सदस्यहरुले पुस ७ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । १० माघमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बनेको थियो । ११ फागुनमा मस्यौदा समितिले नियमावली मस्यौदा समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो । चैत ६ गते प्रतिनिधिसभाको बैठकमा पेश भएको नियमावली मस्यौदा प्रतिवेदन थप अगाडि बढेको छैन ।

लामो समयसम्म प्रतिनिधिसभा नियमावली सदनबाट पास हुन नसकेको भन्दै सांसद डाँगीले प्रश्न गरेकी हुन् । सांसद डाँगीले संसदीय समितिहरु गठन भएकोप्रति समेत सदनको ध्यानाकर्षण गराएकी छन् ।

‘कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो काम कारबाहीमा गतिशील भएर अघि बढ्छ ? यी प्रश्न जनताले मलाई गरिरहन्छन तर म निरूत्तर छु’ उनले भनिन्, ‘त्यसैले यी प्रश्नहरुको जवाफ सभामुखमार्फत सुन्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?