+
+
पदम लिम्बु मृत्यु प्रकरण :

संघले बनायो छानबिन समिति, कोशी प्रदेशले के गर्दैछ ?

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत १२ गते १९:१३

१२ चैत, विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरले गरेको प्रदर्शनमा घाइते भएका पदम लिम्बूको शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।

लिम्बूको मृत्युबारे छानबिन गर्न संघीय सरकारले समिति गठन गरे पनि कोशी प्रदेश सरकारले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

लिम्बूको मृत्यु भएपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत पक्षसँग भेट गरेका थिए । प्रधानमन्त्रीले आन्दोलनरत पक्षलाई बोलाएर छानबिन गर्ने बताए पनि प्रदेश सरकारले घटनाका विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

सरकारले प्रतिक्रिया नदिए पनि चार राजनीतिक दलले नामाङकनको निर्णयलाई शिरोधार्य गर्न अपिल गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको प्रदेश नेतृत्वले विज्ञप्ति जारी गर्दै नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आग्रह गरेका हुन् ।

चार दलले शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्ययमबाट समस्याको सामधान गर्न सरकार र आन्दोलनरत पक्षलाई अपील गरेको छन् ।

प्रदेश सरकारले आन्दोलरत पक्षसँग औपचारिक सम्वाद गरेको छैन । पदम लिम्बूको मृत्युको घटनालाई संवेदनशील रुपमा हेरिएको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला बताउँछन् । लिम्बूको मृृत्युको घटनाले प्रदेश नेतृत्वलाई दुःखी बनाएको उनले बताए ।

घटना भएको दिनको भिडियो फुटेज सार्वजनिक भएको बताउँदै उनले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले आफ्नो ढंगले काम गरिरहेको बताए ।

‘पदम लिम्बूको मृत्युको घटनाले दुःखी बनाएको छ, यो घटनालाई संवेदनशील रुपमा लिएका छौं,’ उनले भने, ‘शान्तिपूर्ण जुलुस प्रदर्शन गर्न आउँदा नागरिकको ज्यान जानु हुँदैन भन्नेमा संवेदनशील छौं, संवैधानिक हकमा त्यस्तोे खालको आक्रमण हुनुहँुदैन भन्ने हाम्रो मान्यता छ ।’

लिम्बूको मृत्युको घटनाले दुःखी बनाएको बताउँदै उनले मृतका परिवारलाई क्षतिपूर्ति, राहत दिने विषयमा कुनै निर्णय नभएको उनले बताए ।

छानबिन गर्दै प्रहरी

पदम लिम्बूको मृत्युको घटनामा मोरङ प्रहरीले छानबिन सुरु गरेको छ । घटनाको दिनको भिडियो फुटेजका आधारमा छानविन सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।

आन्दोलनका क्रममा प्रदर्शनकारीलाई रोक्न क्रममा प्रहरीले कुनै लाठी प्रहार नगरेको र लिम्बू कसरी घाइते भए भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘त्यसदिन प्रहरीले लाठी चार्ज गरेको थिएन, भिडबाटै भएको देखिन्छ,’ उनले भने, ‘यो विषयमा गहन अनुसन्धान गर्दैछौं, दोषीलाई कारबाही गर्छाैँ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?