
१४ चैत, काठमाडौं । जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कप फुटबलमा सहभागी हुन जाने १२ वर्षमूनिका खेलाडीलाई राष्ट्रपतिले बिदाइ गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले टोलीलाई बिदाइ गरेका हुन् ।
प्रतियोगितामा एशिया र अमेरिका गरी ४० भन्दा बढी टिमको सहभागिता रहने छ ।
नेपालको प्रतिनिधित्व गर्दै जापान जाने खेलाडीहरु पूर्व खेलाडी बसन्त गौचनले पोखरामा स्थापना गरेको एकेडेमीका हुन् ।
आजै राति जापान जाने टोलीलाई यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले पनि बिदाइ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4