+
+

सेल्सबेरीको ‘इन्ड अफ दि इयर-सेल्सबेरी’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १३:२८

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘इन्ड अफ दि इयर-सेल्सबेरी’ अफर सार्वजनिक गरेको छ । सेल्सबेरीका अनुसार यो योजनामा २०७९ सालको सबैभन्दा सस्तो मूल्यमा ग्राहकहरुलाई खाद्य तथा घरायसी समानहरु उपलब्ध गराइने छ ।

चैत महिनालाई लक्षित गरी सार्वजनिक गरेको यस योजनामा विभिन्न खाद्य वस्तु, घरायसी सामान, होम अप्लाएन्सेसहरूमा विशेष छुट प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ ।

नयाँ वर्षसँगसँगै विद्यार्थीहरुको नयाँ सत्र सुरुवात हुने भएकाले ‘ब्याक टू स्कुल” नामक योजना पनि सञ्चालन भइरहेको सेल्सबेरीले जनाएको छ । यो योजना अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सत्रमा उपयोग हुने सामग्रीहरु जस्तै कापी, कलम, ल्यापटप टेवल, कलर बक्स, खेलौना लगायत विभिन्न सामानहरूमा विशेष अफर उपलब्ध रहेको सेल्सबेरीले जनाएको छ । ३० चैतसम्म लागू हुने यो अफर काठमाडौँमा रहेको सम्पूर्ण सेल्सबेरी शाखामा तथा पोखराका सेल्सवेज शाखामा उपलब्ध हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?