+
+

‘मिस नेपालको विरोध प्रदर्शन गर्नेहरु अहिले मेरो काममा सघाउँदैछन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १५:२१

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी विश्व सुन्दरी प्रतियोगिताको आगामी संस्करणको तयारीमा व्यस्त छिन् । मिस वल्र्डको कुनै न कुनै विधा जितेर ल्याउने उनको धोको छ । यसका लागि उनको पहलमा हालै चितवनको दुर्गम इच्छाकामना गाउँपालिकामा बिजुली पुगेको छ ।

उक्त प्रोजेक्टका लागि आफूलाई विद्युत प्राधिकरणसहितका सरकारी निकायको मद्दत मिलेको भन्दै प्रियंकाले हिजो विरोध गर्नेहरु नै अहिले सघाउन आएको बताएकी छन् । ‘मिस नेपाल कार्यक्रममा गएर विरोध प्रदर्शन गर्नेहरुले म विजेता भएर आएपछि बत्ती पु¥याउन सपोर्ट गर्नुभएको छ,’ उनले भनिन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रियंकाले भनिन्, ‘म मिस नेपाल भएर गाउँमा बत्ती पु¥याउँछु भनेर जाँदाखेरि विद्युत प्राधिकरणले सपोर्ट गरेपछि अहिले गाउँमै बत्ती पुगेको छ । त्यो विश्वसनीयताले मिस नेपाल राम्रो प्लेटफर्म भएको छ ।’

केही वर्षदेखि ब्युटी पेजेन्टलाई हेर्ने दृष्टिकोणमा धेरै नै राम्रो भएको भन्दै उनले मिस नेपालमा जान्छु भन्दाखेरि कुनै पनि अभिभावकले दुईपटक सोच्नुपर्ने परिस्थिति नरहेको बताइन् । ‘पहिले त ब्युटी पेजेन्ट के हो भनेर सोच नै बनिसकेको थिएन । अब भने मिस नेपालमा जाँदा धेरै सोच्नुपर्ने स्थिति छैन ।’

पछिल्लो समय ब्युटी पेजेन्ट ‘कन्ज्युमर पोर्टल’ पनि भइसकेको उनको कथन छ । भन्छिन्, ‘सौन्दर्य प्रतियोगिता अहिले कन्ज्युमर्स पोर्टल बनिसक्यो । सुरुवातमा मिस नेपाल हुँदा आन्दोलन गर्नेहरू आज मैले बत्ती पु¥याइरहँदा सहयोग गरिदिनुहुन्छ । हाम्रो पहुँच मास मिडियादेखि दर्शकमा उत्तिकै बलियो छ । यस्तो अवस्थामा हामीले बोलेको कुरा धेरैकहाँ पुग्छ । हामीले जनचेतना फैलाउन सक्छौं । आर्थिक रुपले हेर्ने हो भने हाम्रो ब्रान्डिङ क्षमता बढ्दै जान्छ । धेरैले चिन्ने भएकाले पनि अवसर पाउने भयो । मिस वल्र्ड भइसकेपछि जसरी हामीले हाम्रो देशको कुरा विश्वमा पुर्‍याउँछौं, पर्यटन भित्रिने भयो । मिस नेपाल बनिसकेको एक वर्षभित्रमा हामीले बनाउने नेटवर्किङले नै हाम्रो आर्थिक अवस्थालाई बलियो बनाउँछ ।’

युवाहरुले स्वतन्त्रता खोजिरहेको र अन्तर्राष्ट्रिय रुपमा देशलाई चिनाउन चाहिरहेको प्रियंकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?