+
+

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते ११:००

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ ।

बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् ।

सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी  सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ  ।

कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

गठबन्धन दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको छ । गठबन्धनमा रहेको रास्वपा अझै सहमतिमा आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?