+
+

संविधानविद् दाहाल र अनलाइनखबरकर्मी अधिकारीलाई सूचनाको अधिकार पुरस्कार 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १४:४१

१६ चैत,मारङ । संविधानविद् काशीराज दाहाल र अनलाइनखबरकर्मी हरि अधिकारीलाई सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्ठिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७९ संविधानविद् काशीराज दाहाललाई प्रदान गरिएको हो ।

षष्ठिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७९ अनलाइनखबरका  विराटनगर संवाददाता हरि अधिकारीलाई प्रदान गरिएको हो ।

दाहाललाई ५० हजार ५१ रुपैयाँको सूचनाको अधिकार पुरस्कार र अधिकारीलाई १५ हजार ५१ रुपैयाँको सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार प्रदान गरे ।

पुरस्कार प्रदान गर्दै खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए ।

पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय सञ्चार नीति लागू भए पनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न बाँकी रहेको बताए । उनले राष्ट्रिय सञ्चार प्राधिकरण आवश्यक रहेको बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचना माग्ने र दिने क्रम बढ्दै गएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम राख्नुपर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सबै सरकारी कार्यालयबाट सहज रुपमा सूचना उपलब्ध गराउन सहजीकरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?