+
+

ज्ञानेन्द्रसहित पाँच क्रिकेटरलाई फिनिक्स कलेजको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १९:२४

१६ चैत, काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपालका राष्ट्रिय क्रिकेट टिमका पाँच खेलाडीलाई क्रिकेटको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत सम्मान गरेको छ ।

विगत १२ वर्षदेखि नेपालमा व्यवस्थापन र सूचनाप्रविधि शिक्षाको क्षेत्रमा दक्ष र अनुभवी जनशक्ति उत्पादन गर्दै आएको फिनिक्स कलेजले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई बिहीबार नगदसहित सम्मान गरेको हो ।

कलेजले प्रत्येक क्रिकेट खेलाडीहरूलाई दोसल्ला, प्रशंसा पत्र र नगद ५० हजार प्रदान गर्दै सम्मान गरेको छ । कार्यक्रममा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको पनि उपस्थिति थियो ।

सम्मानित क्रिकेट खेलाडीहरू पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन् ।

सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेजले गरेको सहयोगको खुलेर तारिफ गरे । ज्ञानेन्द्र, कुशल क्रिकेट विश्वकप लिग टु मा पछिल्ला तीन सिरिजमा टिममा थिए । सूर्यले राष्ट्रिय टिममा डेब्यु गर्न बाँकी छ । सन्दीप जोराले पनि राष्ट्रिय टिममा कमब्याक गरेका थिए । कमल सिंह ऐरी पछिल्लो समय वैकल्पिकमा थिए ।

एसीसी प्रिमियर कपको लागि घोषित २१ सदस्यीय प्रारम्भिक सूचीमा पाँच खेलाडी नै छन् ।

कलेजका प्राचार्य प्रा. डा. फत्तबहादुर केसीका अनुसार सम्मानित राष्ट्रिय क्रिकेट खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी पनि भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?