+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ११:०८

१७ चैत, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ८ बजेर ५४ मिनेटमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो ।

जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।

उनलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगेकोमा थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा आज बिहान ९ बजेर ४० मिनेटमा उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?