+
+

प्रधानमन्त्रीले भने : सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १४:३२

१७ चैत, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गरेका छन् ।

आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार भएपछि सरकारका कामले गति लिने बताए ।

‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु’, प्रचण्डले भने ।

प्रधानमन्त्री भएको ३ महिनामा उनले आज सातौं पटक मन्त्रिपरषद् विस्तार गरेका छन् र अझै मन्त्रिपरिषदलाई पूर्णता दिन भने सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?