+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १९:५०

१७ चैत, जनकपुरधाम । सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका-८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम रहेका प्रहरीले जनाएको छ ।

ना ५ ख ३७२१ नम्बरको ट्रक लिएर मिर्चैयास्थित सौर्य सिमेन्ट इण्डस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?