+
+

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १९:५०

१७ चैत, जनकपुरधाम । सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका-८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम रहेका प्रहरीले जनाएको छ ।

ना ५ ख ३७२१ नम्बरको ट्रक लिएर मिर्चैयास्थित सौर्य सिमेन्ट इण्डस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?