+
+

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाँधली भयो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते ११:३३

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप गलगाएको छ ।

क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसको दाबी छ ।

रामपुरमा शुक्रबार मतदान भएको थियो । उक्त निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ ।

चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव घाइते भएको भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त घटनाको छानबिन गरी निर्वाचन रद्द गर्नुका साथै घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?