+
+

चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते ६:५९

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २-० ले पराजित भएको छ ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भिल्लाका लागि ओली वाट्किन्सले १८औं र जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरे ।

यस सिजन अराब प्रदर्शन गरिरहेको चेल्सी हारपछि शीर्ष दशभन्दा पछि परेको छ ।

२८ खेलबाट ३८ अंक रहेको चेल्सी ११औं स्थानमा झरेको छ ।

जीतपछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?