+
+

सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १५:३०

१९ चैत, काठमाडौं । संकटग्रस्त अर्थतन्त्रको नेतृत्व गर्नेगरी अर्थमन्त्री जिम्मा कांग्रेस नेता डा. प्रकाशशरण महतले पाएपनि त्यसलाई अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने गिरावट भएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता डा. महतले पाएपछिको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ । व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।

गत सातको अन्तिम दुई कारोबार दिन लगातार १ अर्बबाट तल झरेको कारोबार रकम आइतबार भने बढेको छ । गत बुधबार ८२ करोड र बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ३२ हजार ४१४ वटा कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको सेयर कारोबार भएको हो ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सेयर बजारमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा १८९कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइबार कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जीवन विकास लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य २.५० प्रतिशतले वृद्धि भएको छ ।

स्वाभीमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा कालिका लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ६.६९ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?