+
+

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशतमा आवास र व्यावसायिक कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १८:१३

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माणका लागि आवास कर्जा र उद्यम गर्नेलाई लक्षित गरी व्यावसायिक कर्जा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजना सुलभ ब्याजदरमा ल्याएको जनाएको छ ।

दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ ब्यााजरमा प्रदान गरिने बैकले जनाएको छ । साथै बैंकले नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने छ । महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सिमित समय अवधिका लागि रहेको बैंकले जनाएको छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह हुने बैंकले उल्लेख गरेको छ । कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

व्यावसायिक कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट दिने समेत बैंकले जनाएको छ ।

महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?