+
+

बारामा ट्याम्पु पल्टिँदा ३ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १८:५८

१९ चैत, वीरगञ्ज । बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

भारत बिहार राज्यको रक्सौल बस्ने आदित्य श्रीवास्तवको तीन वर्षीया छोरी पल्लवी कुमारीको मृत्यु भएको हो ।

भारतको रक्सौलबाट बाराको कलैयातर्फ जाँदै गरेको स १ ह ७०८ नम्बरको ट्याम्पु, वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका वडा नम्बर १ भलुही चोकमा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएकी बालिकालाई उपचारका लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

दुर्घटनामा रक्सौलकै पुजा श्रीवास्त, सिमा देवी वर्मा, शिव कुमार वर्मा र जयदेव वर्मा घाइते भएका छन् । उनीहरुको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?