
२० चैत, काठमाडौं । करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई आइतबार राति ६–० ले पराजित गरेको छ ।
रियलको घरेलु मैदानमा बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । रोड्रिगोले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपछि बेन्जेमाले सात मिनेटभित्र ह्याट्रिक गरे । बेन्जेमाले २९औं, ३२औ र ३६औं मिनेटमा गोल गरे ।
पहिलो हाफमै चार गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । ७३औं मिनेटमा मार्को असेन्सिओ तथा इन्जुरी टाइममा लुकास भज्क्वेनले गोल गरेपछि रियलले फराकिलो जित हात पारेको हो ।
जितपछि दोस्रो स्थानको रियलको २७ खेलबाट ५९ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १२ अंकले पछि छ । समान खेलबाट लिग लिडर बार्सिलोनाको २१ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4