+
+

च्याट जीपीटीलाई टक्कर दिने तयारीमा गुगल बार्ड, नयाँ मोडेलमा अपग्रेड हुँदै

एजेन्सी एजेन्सी
२०७९ चैत २० गते ११:३४
गुगलका सीईओ सुन्दर पिचाइ ।

केही समय पहिले लञ्च भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट बार्डलाई गुगलले अपग्रेड गर्दैछ ।

गुगलका सीईओ सुन्दर पिचाइले न्युयोर्क टाइम्स हार्ड फोर्क पडकास्टमा यसबारेमा खुलासा गरेका छन् । साथै त्यसक्रममा उनले हाल बार्डमा विभिन्न कमजोरी रहेको पनि खुलासा गरेका छन् ।

एआई च्याटबट बार्ड अब LaMDA  मोडेलबाट ठूलो PaLM मोडेलतर्फ अगाडि बढ्नेछ । आफूहरूसँग प्रष्टरुपमा धेरै सक्षम मोडेलहरु रहेको भन्दै उनले आगामी दिनमा बार्डलाई अधिक सक्षम PaLM मोडेलमा अपग्रेड गर्ने बताएका हुन् । यसबाट बार्डमा रिजनिङ तथा कोडिङलगायतमा अधिक क्षमता प्राप्त हुने उनको भनाइ छ ।

हाल LaMDA मोडेलमा रहँदा गुगल बार्डको दायरा सीमित भएको उनले स्वीकार गरेका छन् । तर नयाँ मोडेल तथा प्रविधिलाई राम्रोसँग सम्हाल्न सकिन्छ भन्ने निश्चित भएपछि मात्रै PaLM मोडेलमा बार्डलाई स्तरोन्नति गरिने पिचाइले बताएका छन् ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?