+
+

तनहुँका विश्व बास्तोला रास्वपामा, वाग्लेलाई मागे भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १५:०२

२० चैत, तनहुँ । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका  छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा उनले मत मागेका छन् ।

एक वर्षअघि भएको स्थानीय तह चुनावमा कांग्रेस त्यागेका उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी हालेका थिए ।

उनले त्यो उम्मेदवारी फिर्ता लिए पनि पौडेललाई सघाएनन् ।

यस्तै गण्डकी प्रदेशका पूर्व उर्जामन्त्री हरिशरण आचार्य पनि वाग्लेको पक्षमा खुलेका छन् । आचार्य छिमेकी जिल्ला गोरखाका हुन् ।

मनोनयन दर्ताअघि भएको कोणसभामा बास्तोला र आचार्य रास्वपाको पक्षमा खुलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?