+
+

ए डिभिजन लिग : एपिएफ र संकटा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १७:१६

२० चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० अन्तर्गत छैटौं चरणको पहिलो दिन नेपाल एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन् ।

च्यासल मैदानमा भएको विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई २-० ले हरायो ।

एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले गोल गरे । दुवै गोल दोश्रो हाफमा भएको थियो ।

खेलको ५८ औं मिनेटमा डोम्बियाले पहिलो गोल गरे । सबिनले इन्ज्युरी समयको आठौं मिनेटमा गोल थपे ।

यो जितपछि एपीएफले ६ खेलबाट १० अंक जोडेको छ र पाँचौं स्थानमा उक्लेको छ ।

यस सिजन खराब खेलिरहेको पुलिसको भने यो पाँचौं हार हो । ६ खेलबाट एक अंक मात्रै रहेको पुलिस अन्तिम स्थानमा छ ।

यस्तै सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटारलाई १–० ले हरायो । संकटाका लागि खेलको २७ औं मिनेटमा जुनियर अनगुनेले निर्णायक गोल गरे ।

यस जितपछि संकटा ६ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । खुमलटार ६ अंकसहित नवौं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?