
२० चैत, काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियातनाम महिला टिम सोमबार काठमाडौं आइपुगेको छ ।
भियातनाम र नेपालले २२ चैत र २५ चैतमा दुई खेल खेल्नेछन् । यो खेलको विजेता ओलम्पिकका लागि एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
नेपाल र भियातनाम एसिया छनोटको पहिलो चरणमा समूह सीमा छन् । यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए ।
तर, दुवै टिमले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियातनामबीच दुई खेलले नतिजा छिनोफानो हुने भएको हो ।
फिफा विश्व वरीयतामा ३६ र एसियाली बरीयतामा छैटौं स्थानमा रहेको भियातनाम नेपालको तुलनामा धेरै बलियो टिम हो ।
नौपल्ट एसियन कप खेलिसकेको भियातनाम आउने जुलाइमा अस्ट्रेलिया र न्युजिल्याण्डमा हुन लागेको फिफा महिला विश्वकपमा छनोट भएको छ ।
यो प्रतियोगिताका लागि नेपाल टिम एक महिनादेखि प्रशिक्षणरत छ ।
अनन्तराज थापाले गत शुक्रबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टिम घोषणा गरेका छन् । नेपालले घरेलु मैदान र समर्थकबीच भियातनामविरुद्ध शशक्त प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4