+
+

प्रभु स्टिलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त गर्न माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १२:३९

२१ चैत, काठमाडौं । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासनसँग सम्बन्धित कार्य गर्नका लागि सिलबन्दी बोलपत्र माग गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनको तयारीको लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभुकर्ता जुटाउने प्रतिबद्धता समेत जनाउनुपर्ने कम्पनीले जनाएको छ ।

जेठ २०७५ मा स्थापित यो कम्पनीको अधिकृत पूँजी २ अर्ब ५ करोड, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १०२ करोड रहेको छ । सार्वजनिक निष्कासन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ ।

जसमध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुप्सका प्रभु होल्डिङ्ग, प्रभु ऊर्जा कृषि पर्यटन बिकास लिमिटेड र हाइड्रो होल्डिङ्गस, कम्पनीका कर्मचारीहरुको लागि छुट्याउने कम्पनीले जनाएको छ । यस्तै २० लाख कित्ता नै उद्योग प्रभावित जिल्लावासीका लागि र ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ । कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ जारी गर्ने जनाएको

आईपीओ निष्कासनका लागि सम्पत्ति र दायित्वको मूल्यांकन गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ९० लाख भन्दा उत्पादन तथा बिक्री गरेको थियो । चालु आर्थिक वर्षमा करिब २० करोडको कारोबार गर्ने लक्ष्य लिएको र आर्थिक वर्ष २०८०/८१ मा वार्षिक १ अर्बको कारोबार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?