+
+

मिटरब्याज पीडितलाई सरकारको आग्रह : काठमाडौंमा दु:ख पाएर बस्ने होइन, फर्किनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १६:२३
सरकारकी प्रवक्ता मन्त्री रेखा शर्मा ।

२१ चैत, काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरेको छ ।

गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सम्झौता भएको दुई दिनपछि नै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं आएर आन्दोलनमा छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुले मन्त्रिपरिषदको निर्णय थाहा नपाएको हुन सक्ने बताइन् ।

‘मन्त्रिपरिषदको निर्णयको उद्देश्य थाहा नपाएर आउनुभएको हुन सक्छ, उहाँहरुसँग छलफल हुन्छ’ उनले भनिन्, ‘म के भन्छु भने काठमाडौंमा दुख पाएर बस्ने होइन, उहाँहरु आफ्नो ठाउँमा फर्किनुपर्छ ।’

मिटरब्याज पीडितको समस्या छ कि छैन भन्ने अन्योलमा सरकार नरहेको भन्दै उनले छ भनेर नै समस्या समाधान गर्न आयोग गठन गरेको बताइन् ।

‘सरकारले तत्काल समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको छ । यो आयोगमार्फत मिटरब्याज पीडितको समस्या समाधान सदाका लागि गर्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?