+
+

दुई गोलको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज एनआरटीसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १६:५४

२१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज क्लबले दुई गोलको अग्रता जोगाउन नसक्दा मंगलबार एनआरटीसँग २-२ को बराबरी खेलेको छ ।

सरोज तामाङले इन्जुरी टाइममा गोल गरेपछि एनआरटीले हार टारेको हो ।

च्यासल मैदानमा भएको आशिष चौधरीले २०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए ।

६२औं मिनेटमा कप्तान अनन्त तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गरि चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

त्यसपछि एनआरटीले उत्कृष्ट पुनरागमन गर्‍यो । एनआरटीका रोहन खड्गीले ७१औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए ।

इन्जुरी टाइमको चौथो मिनेटमा सरोज तामाङले गोल गरेपछि एनआरटीले चर्च ब्वाइजसँग बराबरी खेल्दै अंक खोसेको हो ।

बराबरीपछि चर्च ब्वाइजले ६ खेलबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ । जारी लिगमा एनआरटीको यो तेस्रो बराबरी हो ।

६ खेलसम्म जितबिहीन रहेको एनआरटी ३ अंकसहित पुछारबाट दोस्रो अर्थात १३औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?