
‘सिमसिमे पानी भिज्ला तिम्रो चोली सान्नानी
खोलीको बगर दिलमा बसी हल्ला नगर’
फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध यो डान्सिङ ट्रयाकमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर समावेश छ । फिल्मका शीर्ष कलाकारहरु आँचल शर्मा र आशिर्वाद क्षेत्री गीतमा फिचर्ड छन् ।
नृत्यप्रधान यो गीत रोमान्टिक लाग्छ । विकासराज आचार्य निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शनको तयारीमा छ । बाल र युवापुस्ताको प्रेमकथामा आधारित यो फिल्म नाइँ नभन्नु लको छैटौं श्रृंखला हो । विष्णुमणि दाहालसँग मिलेर विकासले फिल्म निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4