
२२ चैत, काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि दुवै टोलीले समान एक/एक अंक पाए ।
प्रशिक्षक ग्रानहम पोटरलाई बर्खास्त गरेपछि पहिलो खेलमा चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बराबरी खेलेको हो ।
खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
बराबरीपछि २८ खेलबाट ४३ अंकसहित आठौं स्थानमा छ भने २९ खेलबाट ३९ अंङ्क रहेको चेल्सी ११औं स्थानमै छ ।
प्रिमियर लिगकै अन्य खेलमा ब्राइटनले एएफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ । ब्राइटन २७ खेलबाट ४६ अंकसहित छैटौं स्थानमा छ । एस्टन भिल्लाले लेस्टर सिटीलाई २-१ ले हराउँदै सातौं स्थानमा उक्लेको छ ।
यस्तै लिड्स युनाइट्डले नटिङहम फरेस्टलाई २-१ ले नै हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4