
२२ चैत, काठमाडौं । तालिवानले अफगानी महिलाहरूलाई संयुक्त राष्ट्रसंघमा काम गर्न रोक लगाएको छ ।
राष्ट्रसंघका अनुसार तालिवानले यसबारेमा लिखित जानकारी दिएको छैन । तर महिलाहरुले राष्ट्रसंघका काम नगर्ने मौखिक जानकारी गराएको छ ।
राष्ट्रसंघको अनुसार पूर्वी नानगरहर प्रान्तमा स्थानीय तालिवान अधिकारीले अफगान महिलालाई राष्ट्रसंघको कार्यालयमा जान रोकेका छन् ।
तालिवानको यो कदम लगत्तै राष्ट्रसंघले अफगानिस्तानमा रहेका आफ्ना अफगान कर्मचारी (महिला पुरुष)लाई २ दिनसम्म काममा नआउनु भनेको छ ।
तालिवनासँग थप छलफल गरेर मात्रै थप निर्णय गर्ने राष्ट्रसंघको तयारी छ ।
सन् २०२१ मा शासनमा आएको तालिवानल लगत्तै महिलामाथि निक्कै कठोर नियम लगाएको छ ।
महिलालाई काम गर्न रोक लगाउने तालिवानको आदेशलाई राष्ट्रसंघले अस्वीकार्य पनि भनेको छ ।
राष्ट्रसंघका प्रवक्ताका अनुसार महिला कर्मचारी बिना अफगानिस्तानमा सहायताको खाँचो रहेको समुदायसम्म पुग्न असंभव छ ।
यो तथ्य बुझेर तालिवानले राष्ट्रसंघलाई अप्ठ्यारोमा पार्न यस्तो निर्णय गरेको आकलन छ । अफगानिस्तानमा राष्ट्रसंघको सहायता कार्यक्रम सञ्चालन गर्न अफगानसँगै विदेशी कर्मचारी खटिँदै आएका छन् ।
प्रतिक्रिया 4