+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेको प्रमाण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १९:१०

२२ चैत, काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाण माग गरेको छ ।

बुधबार न्यायाधीश हरि फुँयालको इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाउन आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेश गर्नू ।’

रवि लामिछानेले अमेरिकी राहदानी त्याग नगर्दै नेपाली राहदानी लिएको र प्रयोग गरेको आरोप लागेको छ । उनले अमेरिकी नागरिकता र राहदानी कायम रहेको अवस्थामा खारेज भइसकेको नेपाली नागरिकता पेश गरेर नेपाली राहदानी लिएका थिए । सर्वोच्चले रविले अमेरिकी राहदानी त्याग गरेको प्रमाण नेपालको कुन कार्यालयमा पेश गरेका थिए भनेर माग गरेको हो ।

रविले खारेज भएको नेपाली नागरिकता पेश गरेर राहदानी लिनु गैरकानुनी भएको भन्दै उनीविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी परेको थियो । तर ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले रविविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भन्दै सिन्धुलीका युवराज पौडेल सफलले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलगायत विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

तर रिट निवेदक पौडेलले माग गरेअनुसार महान्यायाधिवक्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भने दिएन । सर्वोच्चले रिट निवेदनका केही विषय मुद्दाको अन्तिम सुनुवाइको बेला नै सम्बोधन हुने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।

सर्वोच्चले यो मुद्दाको आगामी सुनुवाइमा नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत १३ मागमा गरेको फैसला पनि पेश गर्न आदेश दिएको छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?