+
+

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १९:५५

२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।  काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो ।

नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि  ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।

यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।

खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३-० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो ।

भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५-१ ले विजयी भयो ।

खेलमा नेपाली खेलाडीले केही मौका पाए पनि गोल गर्न सकेनन् । अमिशा कार्कीले खेलको ९ मिनेटमा पाएको सुनौलो अवसर सदुपयोग गर्न सकिनन् । दीपा शाहीले दाया साइडबाट दिएको पास अमिसाले गोल लाइनबाट प्रहार गर्दा पोष्ट माथिबाट बाहिरिएको हो ।

खेलको ३४औं मिनेटमा अमृता जैशीको फ्रिकिकमा अमिशाले निकै फितलो प्रहार गर्दा गोलकिपरले बचाउ गरिन् । ८५ औं र ८६ औं मिनेटमा सावित्राले प्रहार गरेको बल भियतनामकी गोलरक्षक कोङ थि हाङले बचाइन् ।

हेर्नुहोस् तस्वीरहरु

 

  

तस्वीरहरू : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?