+
+

काबुलबाट लगेका नेपालीलाई बेलायतले तत्काल घर नपठाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १३:४४

काबुलमा आफ्नो दूतावासको सुरक्षा गरिरहेका नेपालीहरूलाई बेलायतले तत्काल नेपाल फिर्ता नगराउने भएको छ।

अफगानिस्तानको सत्ता तालिबानको हातमा पुगेपछि काबुलबाट उद्दार गरेर बेलायत पुर्‍याइएका सुरक्षा गार्डहरूलाई नेपाल फिर्ता गराउने चेतावनी तत्कालका लागि स्थगित भएको बीबीसीले जनाएको छ।

काबुलमा सुरक्षार्थ खटिएर बेलायत पुर्‍याइएका उनीहरूको नाममा फिर्तीको सूचना जारी गरिएको थियो। सूचनापछि केही नेपालीहरू लुकेपछि होटलमा छापा मारेर नियन्त्रणमा समेत लिइएको थियो। बेलायतको आन्तरिक मामिला मन्त्रालयले त्यस सुचना हाललाई स्थगित गरिएको बताएको छ।

मन्त्रालयका प्रवक्ताले भनेका छन्- ‘जारी भएको सुचना तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। केही विषयमा पुनरावलोकन गर्ने तयारी छ ।’

काबुलबाट बेलायत पुर्‍याइएका नेपाली मध्येका ३७ वर्षीय बम बहादुर गुरूङले काममा जाँदै गर्दा आफूसहित अन्यलाई नियन्त्रणमा लिएको बताएका छन्। फेब्रुअरी १७ २०२२ मा बेलायतले स्थायी बसोबासका लागि अनुमति दिए पनि जुन २०२२ मा त्यसको कार्यान्वयन गर्न नसक्ने पत्र पठाएको बताएका छन्।

‘हामीले बेलायती दुतावासको सुरक्षा गर्‍यौँ। अहिले हामीलाई अपराधीझैं गिरफ्तार गरियो। हामीले कुनै कानुन उल्लंघन गरेका छैनौं,’ उनले भनेका छन्।

गिरफ्तारीपछि उनीहरूले समुहगत रूपमा कानुनी लडाइँ लडेका थिए। उनीहरूका पक्षबाट लडेका कानुनी व्यवसायी डुन लुइसले सरकारले ती सुरक्षाकर्मीमाथि अन्याय गरेको बताएका छन्।

‘पहिले आफ्नो पहरेदारी गरेका सुरक्षागार्डमाथि सरकारले अन्याय गरेपछि उनीहरूकोतर्फबाट मुद्दा अघि बढाइयो,’ लुइसले भने।

अहिले निर्णय फिर्ता गर्नु सुखद रहेको कानुन व्यवसायी डुनकन लुइसले बताएका छन्। ‘कानुनी रूपमा भित्र्याइएका उनीहरूलाई कानुनी रूपमै सुविधा दिएर राख्नुपर्नेमा फिर्ती गर्ने निर्णय गलत थियो। सरकारले आफ्नो चेतावनी सच्चाएर सही निर्णय  लिएको छ,’उनले भनेका छन्।

सुरक्षार्थ खटिएका मध्ये केही नेपालीहरूले बेलायतमा अनन्तकालसम्म बस्न पाउने कागजात प्राप्त गरेका छन्।

बेलायत र क्यानेडाको दुतावासको सुरक्षा गर्ने नेपाली मध्ये १३ जनामा लक्षित गरी सूचना आएको थियो। ती मध्ये १० जनालाई वेस्ट लण्डन होटलबाट गिरफ्तार गरिएको थियो।

उनीहरू वेस्ट लण्डन होटलको भान्सामा कार्यरत भेटिएका थिए। उनीहरूलाई होटलले अफगानी शरणार्थीलाई खानाको प्रबन्ध गराउने जिम्मेवारी दिएको थियो। गिरफ्तारमा परेका उनीहरूलाई आप्रवासी गिरफ्तार केन्द्रमा राखिएको थियो।

अफनानिस्तानबाट बेलायत पुर्नबास कार्यक्रम अन्तर्गत बेलायतले २५ हजार मानिसलाई उद्दार गरेको थियो। यस कार्यक्रम अन्तर्गत तालिवानबाट पीडित अल्पसंख्यक तथा महिला तथा बालबालिका र बेलायती दुतावासको सुरक्षामा खटिएकाहरूलाई ल्याइएको थियो।

अफगानिस्तानका तत्कालिन राष्ट्रपति असरफ घानी मुलुक छोडेर भागेपछि तालिवानहरूले सन् २०२१ अगस्टमा सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। तालिवानहरूले सत्ता हातमा लिएपछि बेलायतले त्यहाँस्थित सम्पूर्ण कार्यालय बन्द गरेको छ ।

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?