 
																			२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले यतिबेला रकमान्तरको तीब्र दबाब झेलिरहेको बताएका छन् । एकातर्फ विनियोजित कार्यक्रम/आयोजनाले बजेट खर्च गर्न नसक्ने र अर्कोतर्फ नयाँ नयाँ कार्यक्रम सिर्जना गरी आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति पुरानै हो । यसलाई नियम/कानुनकै कारण कडाइ गर्न नसकिएको मन्त्री महतले बताए ।
बिहीबार आर्थिक पत्रकार समाज सेजनसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री डा. महतले भने, ‘रकमान्तरको प्रेसर धेरै छ, दिन सकिने नियम पनि छ, कतिसम्म भने यसका लागि हाम्रै निकायहरु ठेलमठेल गरिरहेको जस्तो लाग्छ ।’
अर्थ मन्त्रालय आगामी बजेट निर्माणमा जुटेको जानकारी दिँदै उनले वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुने बताए । तत्कालका लागि भने सख्त रुपमा अनावश्यक खर्च कम गर्ने, पूँजीगत खर्च बढाउने र नतिजा आउने काममा बजेट खर्च गर्ने काममा मन्त्रालय केन्द्रित रहेको उनले बताए ।
आन्तरिक मागमा कमी आएको र यसले व्यवसायको मनोवल गिरेको अवस्था अहिले रहेको उनले स्वीकार गरे । यस वर्ष केही निरंकुश भएर काम गर्न सकियो भने अर्को वर्ष सुधारका धेरै काम गर्न सकिने उनको विश्वास छ । विगतमा अनावश्यक रुपमा स्रोत सुनिश्चितता दिने प्रवृत्तिलाई अब कडाइका साथ रोकिने उनले बताएका छन् ।
हरेक वर्ष राजस्वले लक्ष्य भेट्ने र नजिक नजिक पुग्ने गरेकोमा यो वर्ष त्यो लक्ष्य पुरा नहुँदा बजारमा अलि बढी समस्या हो कि भन्ने भान परेको अर्थमन्त्री डा. महतले बताए । यद्दपि आत्तिहाल्नु पर्ने अवस्था नरहेको भन्दै आफू यसको निदानमा लागेको उनले बताए ।
सीमा नाकामा चुहावट रोक्न कडा निर्देशन दिएको भन्दै उनले खर्च बढाउन पहल गरिरहेको बताए । यसमा दाताको समेत चासो उस्तै रहेको अर्थमन्त्री महतको भनाइ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4