+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रचण्डको स्वीकारोक्ति : १०० दिन राजनीतिक उत्तारचढावमै बित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १७:३६
गोरखा अस्पतालको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

२४ चैत, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका उनले अब विकास निर्माणसँगै सरकारको अन्य कामले तिव्रता पाउने आश्वासन दिएका छन् ।

‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उनले कांग्रेससँगको गठबन्धनबारे भने, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी सबैका निम्ति खुशीको कुरा हो ।’ सरकारले पूर्णता पाइसकेको र राजनीतिक स्थिरता समेत कायम भइसकेकाले अव कामले गति लिने उनले जानकारी दिए ।

गोरखाबाटै निर्वाचित भएर आफू प्रधानमन्त्री भएकाले पनि गोरखाको बिकासका निम्ति आफूले सक्दो पहल गर्ने बताए । उनले भने, ‘यहीँ तपाईहरुले निर्वाचित गरेको जनप्रतिनिधि प्रधानमन्त्री हुने, यहीबाट निर्वाचित नेता उपप्रधानमन्त्री एवं गृहमन्त्री हुने, यहीबाट निर्वाचित जनप्रतिनिधि अव सायद केही समयमा मुख्यमन्त्री हुने, यति हुँदा पनि अव काम भएन भने जनतामा निराशापन आउछ, त्यसैले हामी निर्वाचित जनप्रतिनिधिका लागी चुनौतीको अवसर हो यसलाई हामीले सदुपयोग गर्नुपर्छ ।’

नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा आफूहरु रहेको बताउदै उनले परम्परागत बिकासको मोडेलमा केही नयाँपन ल्याउने तयारी पनि भइरहेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले अस्पतालमा रहेको आईसीयू कक्षको पनि उद्घाटन गरेका छन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसालले जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उत्तरी गोरखाको सिर्दिवासमा संरचना सुधार गर्न नसकेको र सेवालाई सूचना प्रविधिमा जोड्न नसकेको उनले सुनाए ।

जिल्लाका केही बिकासे आयोजनाहरु बर्षाैदेखि अलपत्र रहेको उनले जानकारी गराए । ‘प्राकृतिक स्रोत साधनको दोहनको समस्या गोरखामा पनि उस्तै छ, वनको जस्तो कडा ऐन ल्याएर यसलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने । विपद व्यवस्थापनमा प्रदेशको भूमिकालाई सक्रिय बनाउन पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?