+
+

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १८:०३

२४ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति कार्यलयले डा. बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।

छाती रोग विशेषज्ञ डा. बम चिकित्सा अध्ययन संस्थान अन्तर्गतको महारागञ्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।

शुक्रबार दिउँसो राष्ट्रपतिको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको डा. बमले बताए ।

सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएकाले उनले त्रिवि शिक्षण अस्पातालको मात्रै सेवा सुविधा लिने उनको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालका साथै राष्ट्रपतिको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने डा. बमको भनाइ छ ।

नेपालमा छाती रोगमा एमडी साथै विदेशबाट तालिम लिएका डा. बम नेपालका अब्बल चिकित्समा पर्छन् । डा. बम त्रिवि शिक्षण अस्पतालको कोरोना र्फोकल पर्सनको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?